२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

सिरुटार ईङ्गलिस स्कुलको २५ वर्षे गौरवमय यात्रा: रजत जयन्ती भव्य रूपमा सम्पन्न

भक्तपुर । सूर्यविनायकस्थित सिरुटार ईङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा भएको ऐतिहासिक अवसरमा ‘रजत जयन्ती’, अभिभावक दिवस तथा वृहत् पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पावन उपलक्ष्यमा आयोजित उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथि एवं सदावहार अभिनेता सरोज खनालले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले वर्तमान समयमा प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै विद्यालयले किताबी ज्ञानका अतिरिक्त व्यावहारिक सीप र नैतिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित चर्चित हास्य कलाकार पवन खतिवडा (म्याकुरी) ले बालबालिकामा घट्दै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको चौतर्फी विकासका लागि अभिभावक र शिक्षक दुवैको सक्रिय समन्वय आवश्यक रहेको औँल्याउनुभयो। विद्यालयका प्रिन्सिपल रमण कायस्थले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाको मेरुदण्डका रूपमा रहेका शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो; साथै उहाँले सामाजिक सञ्जालको बढ्दो प्रभावलाई घरबाटै व्यवस्थित र मर्यादित बनाउनुपर्ने तर्फ सचेत गराउनुभयो। समारोहमा विद्यार्थीहरूले कराँते, नृत्य, गायन र वक्तृत्वकला जस्ता अतिरिक्त क्रियाकलापका माध्यमबाट आफ्नो बहुमुखी प्रतिभा प्रदर्शन गर्नुका साथै सिर्जनात्मक शैक्षिक प्रदर्शनी समेत आयोजना गरेका थिए।

बालबालिकाको पहिलो पाठशाला ‘घर’ नै भएकाले अभिभावकले संस्कार र नैतिकताको जग घरबाटै बसाल्नुपर्नेमा वक्ताहरूले जोड दिएको उक्त कार्यक्रममा शैक्षिक तथा अन्य विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?