राजस्व संकलन उत्साहजनक नहुँदा आन्तरिक सूचकमा सुधार हुन सकेन : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष राजस्व संकलन उत्साहजनक नहुँदा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन्।

उनले शुक्रबार आगामी आर्थिक वर्षको बजेट निर्माणबारे संवैधानिक निकाय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसद्‍का सचिवहरुको छलफल गरी राजस्वको लक्ष्य महत्वाकांक्षी राखिए पनि वृद्धि अपेक्षित नरहेको बताए।

चालु आर्थिक वर्ष ९ महिना वित्न लाग्दा राजस्वको वृद्धि ९ प्रतिशत हाराहारी मात्रै छ। सरकारले १४ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा बिहिबारसम्म ६ खर्ब ८० अर्ब ९४ करोड रुपैयाँ मात्र उठेको तथ्यांक छ।

‘चालु आर्थिक वर्ष पोहोरभन्दा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारी मात्र वृद्धि रहेछ,’ पुनले भने।

उनले आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि राजस्व संकलनमा सुधारका संकेत देखिएको दाबी गरे।

उनी एक महिनाअघि अर्थमन्त्री नियुक्त भएका हुन्। उनले राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढाएको बताए।

मन्त्री पुनले प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोक्ने प्रतिबद्धता जनाउँदै आफूले एक महिनामा सामाजिक सुरक्षा भत्ता, दूग्ध किसान र विकास आयोजनाको भुक्तानीका लागि ७० अर्ब निकासा गरेको जानकारी दिए।

उनले श्रोत सुनिश्चित भएका आयोजनामा समेत बजेट खर्च नभएको भन्दै त्यसको जवाफ राजनीतिक र प्रशासनिक नेतृत्वले दिनुपर्ने बताए।

अध्ययन र तयारी नगरिएका तथा कार्यान्वयन हुन नसक्ने आयोजना आगामी आर्थिक वर्षको बजेटमा समावेश नगर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?