लघुवित्तका ऋणी संसद् भवनमा प्रवेश गर्दा सिंहदरबारमा मच्चियो तरंग

काठमाडौँ । लघुवित्तका ऋणी संसद् भवनमा प्रवेश गरेको विषयमा सिंहदरबारमा तरंग पैदा भएको छ । यो विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

गृह मन्त्रालयमा मन्त्री श्रेष्ठले तीन वटै सुरक्षा निकायका प्रमुखसँग घटनाको विषयमा जिज्ञासा राखेका थिए ।

सुरक्षा प्रमुखहरूले भने सोमबार संसद् चलिरहँदा‘आकस्मिक रूपमा ४८ महिलाको टिम संसद् भवन प्रवेश गरेको’ब्रिफिङ गरेका छन् ।

सुरक्षा प्रमुखहरूले ४८ जना महिलाको टिम एकै पटक प्रवेश गरेपछि सङ्घीय संसद्को नम्बर – २ गेटमा सुरक्षार्थ खटिएका प्रहरीले रोक्न नसकेको‘ब्रिफिङ’गरे ।

यसैबीच प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद् भवनको बाहिरी घेरामा खटिएका दुई दर्जन बढी सुरक्षाकर्मीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा‘यस्ता गल्ती नगर्न’निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?