त्रिविद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ ।

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट हुनेछ । सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ । त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ ।

दिनप्रतिदिन धराशायी बन्दै गएको त्रिवि सुधारको माग राख्दै त्रिवि स्वयवियु केही दिनदेखि आन्दोलन गर्दै आएको छ । जसले गर्दा त्रिविले सुधारका पहल अघि बढाएको हो । यसअघि अनलाइन मार्फत सेवा गर्ने घोषणा गरेको छ । माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइनमार्फत हुने पनिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?