बलात्कारको घटना लुकाउन बाबुले छोराको हत्या गरेपछि ?

सुर्खेत । बलात्कारको घटना लुकाउन एक बाबुले छोराको हत्या गरेका छन् । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका–५ मा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले बाबुविरुद्द जाहेरी दिएका थिए ।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाएपछि बुबा फरार थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् ।

स्थानीयले पनि युवकको हत्यामा उनकै बाबु संलग्न रहेको दावी गर्दै आएका छन् । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको देखिन्छ । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई बताएपछि दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

पीडित छोरीले भारतमा लुकेर बसेका बुबाले नै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?