सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, २० पुस । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो ।

विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ ।

विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?