नयाँ बानेश्वार स्थित एक घरबाट नौ लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वार स्थित एक घरबाट करिब नौ लाख बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरबाट उक्त चोरी भएको हो ।

घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको गहना, पैंसा चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?