८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

जसलाई दलित भन्दै आश्रमबाट निकालियो !

विराटनगर । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्र ममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।

हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भने र उनले उजुरी गरेकी हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले आश्रमबाटै यस्तो खालको व्यवहार हुनु दुःखद् भएको बताए । यो समाचार रातोपाटीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?