नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कूल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८६ करोड ८३ लाख ७८ हजार एक सय बराबरको कारोबार भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स रु नौ करोड ५४ लाख ६८ हजार सात सय ९६, सोनापुर मिनरल्स रु नौ करोड २७ लाख ६१ हजार तीन सय ६८, माउण्टेन इनर्जी रु आठ करोड ७६ हजार २८ हजार छ सय ४२ र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु आठ करोड बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९७, सिवाइसी नेपाल लघुवित्त नौ दशमलव ९१, नवील ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले सात दशमलव शून्य पाँच प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमई लघुवित्त सात दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ४१, विजय लघुवित्त पाँच दशमलव १९, मेछ्यान हाइड्रोपावर दुई दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?