३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

अरनिको इङ्गलिस स्कुलमा असल अभिभाकत्व कार्यक्रम सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका ०३ भम्का स्थित रहेको श्री अरनिको इङ्गलिस स्कुलले शनिबार ‘असल अभिभाकत्व’ (Art of good Parenting) कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावकहरूलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा २ सय ५० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले जानकारी दिएका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव रोस्याराले कार्यक्रमको औचित्यका वारेमा जानकारी गराएका थिए भने मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद अधिकारी (शैक्षिक यात्री) ले अभिभावकहरूलाई औपचारिक शिक्षामा प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका बारे जानकारी दिएका थिए। कार्यक्रममा विद्यालयका अन्य शिक्षक शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?