३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

विप्लवको जनकम्युनमा जब दाङका प्रमुख जिल्ला अधिकारी पुगे..

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले काटेका छन् । पार्टीले घोराही– १६, करौंटी डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।

खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।

उनले पार्टीको पूर्वी दाङले ६ बिघा जग्गा भाडामा लिएर सी बहुउद्देश्यीय कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ बिघा जग्गामा धान खेती र ३ बिघा जग्गामा तोरी खेती गरिरहेको जानकारी दिइन् ।

उत्पादन भएको धान काट्न पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान् सी लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?