१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

विश्वकप खेल्न छनोटका लागि यूएइ संग भिड्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

मैदानमा उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । फाइनलमा पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पाउने अपेक्षामा थियो । तर १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसक्दा नेपाल पराजित भयो ।

समूह चरणको अन्तिम खेलमा ओमानले भने नेपाललाई खेलभर दबाबमा राख्यो । बलिङमा राम्रो प्रदर्शन गर्दै मध्यम लक्ष्यमै ओमनलाई रोके पनि जवाफमा नेपाली ओपनर चल्न सकेनन् । सोमपाल कामी तेस्रो नम्बरमा मैदान पसे। एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनी असफल प्रयोग सावित भए । आज नेपाल यूएईलाई हराएर विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ ।

पछिल्लो समय नेपालले निकै महत्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीको रुपमा पाएको छ । यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो । ती दुवै खेलमा नेपाल विजयी भएको छ । तर एक हप्ताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिद्वन्दीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो। आज को खेलमा पनि ओपनिङ पार्टनसिपको धेरै आवश्यकता छ। त्यसैगरी मिडल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?