शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसार-पसार गर्ने दुई जना पक्राउ

काठमाडौं, १५ कात्तिक । प्रहरीले शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौडण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका मुकेश राई रहेका छन् ।

उनीहरुलाई बेलका नगरपालिकाको आम्बासीस्थित अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले मुकेशको साथबाट लेबल बिनाको ५ एम्पुल र सुमन तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल लागूऔषध बरामद गरेको थियो । उनीहरुमाथि जिल्ला अदालत उदयपुरबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?