१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

बझाङमा पीडितहरुलाई विप्लवले गरे कम्बल सहित नगद वितरण

बझाङ्ग, असोज २८ : नेपाल कम्युनिस्ट पार्टीले बझाङमा भूकम्प पीडितलाई कपडा तथा आर्थिक सहयोग गरेको छ । आईतबार नेकपा महासचिव नेत्र विक्रम सी (विप्लव)ले विपद व्यवस्थापन समिति मार्फत राहत दिन सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई १०० थान ब्लाङ्केट सहित रु १ लाख नगद हस्तान्तरण गरेका हुन् ।

महासचिव विप्लवले हालै इजरायलमा ज्यान गुमाएका बझाङका एक युवा गणेश नेपालीका परिवार र आफन्तहरुलाई भेटघाट गरि दु:ख साटासाट तथा पार्टीको तर्फबाट दस हजार आर्थिक सहयोग पनि गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ भोजपुरमा रहेको नेपालीका बुवा धनलाल नेपाली लगायत आफन्तहरुलाई महासचिव विप्लवले आइतबार भेटघाट गरेका हुन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय बझाङमा आयोजित राहत बितरण कार्यक्रममा भुकम्पको कारण ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका वडा न ११ निवासी गुनमती धामीको छोरा करण धामीलाई रु १० हजार नगद समेत हस्तान्तरण गरिएको थियो ।


विपत व्यवस्थापन समितिलाई सहयोग हस्तान्तरण गर्दै विप्लव

विप्लवले आजै बझाङ जिल्ला सदरमुकाम चैनपुरमा जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मको आन्दोलनमा बलिदान गर्ने सहिदका परिवारलाई सम्मान गर्दै आफुहरु सहिदका अधुरा सपनाहरु पूरा गर्ने निरन्तर लागिपर्ने र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । त्यस्तै भ्रमण तथा भेटघाटका क्रममा महासचिव विप्लवले स्थानीय जनता, पार्टी कार्यकर्ता, शिक्षक, विद्यार्थीलाई समेत भेटघाट गरेका छन् भने बझाङका स्थानीयहरुले महासचिव विप्लवलाई भव्य स्वागत गरेका थिए ।

इजराइलमा मृत्यु भएका विद्यार्थीको परिवारलाई सहयोग हस्तान्तरण गर्दै विप्लव

बझाङ भ्रमणमा रहेका महासचिव विप्लवले असोज १६ गते भुकम्पका कारण पीडित/प्रभावितहरुलाई आवश्यक राहत वितरण गर्ने र उनीहरुसङ्ग सहानुभूति र दु:ख साटासाट गर्ने कार्यक्रम रहेको विप्लवको सचिवालयका अडिग सीले जानकारी दिएका छन् भने महासचिव विप्लवको बझाङ भ्रमणमा नेकपा नेताहरू भगत सी, समर सी, सुवास सी लगायत स्थानीय नेताकार्यकर्ताहरुको समेत सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?