२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

ब्रिक्स्टन फेस्ट २०२३ सम्पन्न , विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीहरू भए पुरस्कृत

महेन्द्रनगर । कञ्चनपुरको ब्रिक्सटन कलेजले आफनो १५ औँ वार्षिकोत्सब तथा ब्रिक्स्टन फेस्ट २०२३ कार्यक्रम सम्पन्न गरेको छ । शनिवार आफनै विद्यालयको प्राङगणमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब तथा ब्रिक्स्टन फेस्ट २०२३ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका सभापति एवम कलेजका प्रबन्धक निर्देशक डा. भोजराज पन्तले ब्रिक्सटन कलेजले आफनो सुरुवात देखी नै शिक्षाको क्षेत्रमा चम्किलो तारा भएर सुदूरपश्चिमबाट बिभिन्न क्षेत्रमा विद्यार्थीहरुलाई सम्मानित क्षेत्रमा पुय्राउन योगदान दिएको बताए । साथै आगामी दिनहरुमा पनि कलेजले शिक्षाको क्षेत्रमा रहेर विद्यार्थी भाईबहिनीहरुको उज्ववल भविश्य प्रती सदैव सकारात्मक भएर लाग्ने बताए ।

पुरस्कृत विद्यार्थीहरू

यस्तै कायक्रमका प्रमुख अतिथी एवम गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशीले बलेजले नेपाल मात्रै नभएर विदेशमा पनि आफनो नाम राख्न सफल भएको प्रती गर्व महसुस भएको बताए ।समय सापेक्ष आवश्कता अनुरुप कलेजले शिक्षाको क्षेत्रमा बेग्लै सक्रिय भएर काम गरिरहेको आफुले जानकारी पाएको र यो सामथ्र्य सदैव कायम राख्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा कलेजको वार्षिक प्रतिवेदन प्रिन्सिपल निशा भट्टले प्रस्तुत गरेका गरेका थिए । बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल भट्टले आगामी दिनमा शैक्षिक गुणस्तरमा थप जोड दिने समेत बताइन् । साथै उनले कलेजबाट उत्कृष्ट विद्यार्थीहरुले देश बिभिन्न प्रतिष्ठित क्षेत्रमा आफुलाई रोजगार बनाएर काम गरिरहेको बताईन् ।

उनले आफुहरुले विद्यार्थीहरुलाई आफनो जिवनमा कसरी स्मार्ट बन्न सकिन्छ कसरी प्रतिश्पर्धामा उत्कृट बन्न सकिन्छ भन्ने विषयमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको र भविश्यमा पनि त्यस्ता कार्यक्रमको आयोजना गरिने बताईन् ।

उक्त कार्यक्रमबाट कलेजले सञ्चालन गरेको प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान स्वरुप मेडल प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुले बिभिन्न कला संस्कृतीसंग सम्बन्धित साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?