कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रहरीले मसाज सेन्टरबाट १७ जना पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिएको टोलीले जिल्लाको भीमदत्त नगरपालिका ५ मा रहेको कोहिनुर र सोहि स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरबाट महिला र पुरुष गरी १७ जना नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ८ जना भारतीय पनि रहेको प्रहरीले जनाएको छ । मसाज सेन्टरको नाममा यौन धन्दा चलाए पछि प्रहरीले मसाज सेन्टरका सञ्चालक सहित ग्राहकलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । समाजलाई पाच्य नहुने किसिमका गतिविधि गरेपछि प्रहरीले मजाक सेन्टरमा छापा हानेको प्रहरी प्रमुख कमल थापाले बताए । उनीहरू माथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।