क्यानको अध्यक्षमा पुनः चतुर बहादुर चन्द निर्वाचित ,सचिवमा पारस

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन आज भएको छ । शुक्रबार र शनिबार निर्वाचनमार्फत भएको प्रतिस्पर्धामा चतुरबहादुर चन्द अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

अध्यक्षसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका हुन् भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका छन् । सचिवमा पूर्वकप्तान पारस खड्काले जित हासिल गरेका छन् । प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै उनी सचिवमा निर्वाचित भएका हुन् ।

यस्तै, केन्द्रीय सदस्य महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् भने लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध भए । बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले जितेका छन् । सुनिलकुमार पौडेललाई १३ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

यस्तै, मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२÷४२ भोट ल्याएका हुन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए भने बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले सुदीप पियालाई पराजित गरेका हुन् ।

यस्तै, गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत ल्याएका थिए । यस्तै, सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए । यसैगरी, खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याए । यस्तै आयूषको ५१ र चन्दको ३४ मत आएको छ । पाँचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६÷२६ मत आएपछि गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?