एशियन गेम्समा खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिममा को को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम घोषणा गरको हो ।

टिममा रोहित पौडेल (कप्तान), करण केसी, प्रतिष जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, बिनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, बिबेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन् ।

यसअघि एशिया कप खेल्ने टिममा रहेका भीम सार्की, अर्जुन साउद, किशोर महतो र अरिफ सेख भने टिममा परेका छैनन् ।

चीनको होङझाउमा सेप्टेम्बर २३ देखि हुने १९औं एसियन गेम्सअन्तर्गत नेपाली क्रिकेट टोलीले समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ भने अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ ।

क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा छन् । ‘ए’ मा अफगानिस्तान र मंगोलिया, ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स् र मलेसिया छन् ।

टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।

जापान र कम्बोडिया तुलनात्मक रुपमा कमजोर टोली भएकाले नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो छ । नेपाल टी- २० वरीयतामा १७औं स्थानमा छ । जापान ५३औं स्थानमा रहँदा कम्बोडिया शीर्षमा नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?