साहित्यकार भट्ट सम्मानित

कञ्चनपुर : कञ्चनपुरका साहित्यकार धर्मानन्द भट्ट सम्मानित भएका छन्।

बिहीबार १५८ औं मोती जयन्तीको अवसरमा मानसखण्ड फाउन्डेसनको आयोजनामा तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानको सहकार्यमा र रेडियो शुक्लाफाँटाको विशेष सहयोगमा गजल/मुक्तक वाचन कार्यक्रमका विच साहित्यकार भट्टलाई सम्मान पत्र प्रदान गरिएको हो।

विगत लामो समयदेखि नेपाली तथा डोटेली भाषा साहित्य एवम कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको र विषेशगरी गजल साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याएको भन्दै साहित्यकार भट्टलाई सम्मानित गरिएको जनाइएको छ।

सम्मानित हुने साहित्यकार भट्टले आफूलाई अमूल्य सम्मान गरेकोमा मनसखण्ड फाउन्डेसन र गुगुल्डी वाङ्मय प्रतिष्ठान प्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान गरेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?