काठमाडौं । भारतीय व्यवसायी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित नारायण राजवंशीलाई सहयोग गर्ने घोषणा गरेका छन् । मित्तलले ट्विटरमार्फत ललितलाई ब्याटका लागि सहयोग गर्ने जनाएका हुन् ।
केही दिनअघि सार्वजनिक एक अन्तर्वार्तामा ललितले आफूसँग अन्तर्राष्ट्रिय खेलका लागि ब्याट नभएको र टिमका सहकर्मीहरुबाट अहिलेसम्म काम चलाइराखेको बताएका थिए ।
‘सर्पोट ठिक छ । तर, उसलाई साच्चै आवश्यकता भनेको ब्याटको छ । उनको लागि एक ब्याट दिउँ,’ मित्तलले आईसीसी एसिया क्रिकेट नामको ट्विटर अकाउन्टले गरेको एक पोस्टमा रिप्लाई दिँदै भनेका छन्, ‘प्लस, उसलाई मेरो सम्पर्कमा राख । म उसको ब्याटका लागि योगदान दिन पाउँदा खुसी छु ।’














