२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

ग्लोबल एकेडेमीमा गजल वाचन प्रतियोगिता सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको ग्लोबल एकेडेमीले गजल प्रतियोगीता सम्पन्न गरेको छ । ग्लोबल बाल क्लबको आयोजनामा हिजो शुक्रबार सम्पन्न उक्त कार्यक्रममा ग्लोबल बाल क्लबकी अध्यक्ष रीतु उपाध्यायको सभापतित्व रहेको थियो भने साहित्यकार कृष्नकान्त्त चटौत “कान्त” प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा साहित्यकार जगदीश ओझा, प्रलेस सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त (मीतबन्धु), प्रलेस तथा गुगुल्डि वाङमय प्रतिष्ठानका सल्लाहकार चन्द्रकान्त पन्त, पश्चिम प्रेसका सम्पादक एवम् प्रलेस प्रदेश समिति सचिवालय सदस्य कविराज भट्ट, साहित्यिक पत्रकार संघ सुप अध्यक्ष डम्वर शर्मा बडु तथा प्रलेस कञ्चनपुरका अध्यक्ष धर्मानन्द भट्ट लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

प्रतियोगितामा विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार कृष्नकान्त्त चटौतले विद्यालयमा रहेका विद्यार्थीहरूको कला प्रस्तुत हुने गजल प्रतियोगीता गरेकोमा आयोजक र विद्यालयलाई आभार प्रकट गरेका छन्। उहाँले भन्नुभयो ‘विद्यार्थीहरूलाई आफ्नो कला प्रस्तुत गर्न मिल्ने कार्यक्रम गरेकामा विद्यालयका प्रधानाध्यापक र आयोजक बाल क्लब प्रति हार्दिक आभार। यस्ता कार्यक्रमहरू विद्यालयमा समय समयमा हुनुहुपर्छ किनभने यस्ता कार्यक्रमले विद्यार्थीको भित्र लुकेको कला प्रस्तुत गर्न सहयोग गर्दछ।’

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ओझाले विद्यालयले विद्यार्थीको कला प्रस्तुत गर्ने कार्यक्रमहरू निरन्तर गरिरहने बताउनुभयो।

त्यस्तै उक्त प्रतियोगिताबाट कक्षा ६ मा अध्यनरत छात्र चुडामणि भट्ट प्रथम, कक्षा ६ मा अध्यनरत छात्र अनुराग चन्द दीतिय र कक्षा १० मा अध्यनरत छात्र सुरज पन्त तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। प्रथम द्वितीय र तृतय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ओझाले बताउनुभयो। उक्त कार्यक्रममा शिक्षिका धनेश्वरी पाण्डेय, हेमा पाण्डेय, देवी जोशी र कमला भट्ट लगायतले समेत गजल वाचन गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?