१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई दियो तालिम तथा सम्मान

कञ्चनपुर : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कञ्चनपुर साखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार महेन्द्रनगर स्थित होटल चेतनको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सिनियर एजेन्सी मेनेजर चन्द्र बहादुर विष्टको सभापतित्व रहेको थियो भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख नरेन्द्र बहादुर महताको प्रमुख आतिथ्यता रहेको थियो।

साथै सो कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेशका प्रमुख नरेन्द्र बहादुर महताले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै सिनियर एजेन्सी मेनेजर चन्द्र बहादुर विष्टले विगतमा भएका उपलब्धिहरू तथा भविष्यमा गर्नु पर्ने टार्गेट हरु समेत प्रस्तुत गरेका थिए।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साखा प्रमुख राजेन्द्र भट्टले सञ्चालन गरेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर यज्ञ राज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?