काठमाण्डौं : संघीय शिक्षा ऐन सम्बन्धी बनेको विधेयक मन्त्रिपरिषद्ले पास गरेकोमा ६ विद्यार्थी संगठनहरुले सरकारलाई धन्यवाद दिँदै उक्त विद्येयक जारी गर्न माग गरेका छन । विद्यार्थी संगठनले हिजो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शिक्षामा भइरहेको निजीकरणको अन्त्य गरी सवैको पहुचमा गुणस्तरीय सार्वजनिक शिक्षाको सुदृढिकरणको पक्षमा आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विज्ञप्ति मार्फत विधेयकलाई सदनबाट पारित गर्न सरकारलाई माग समेत गरेका छन् ।
विज्ञप्ति :