५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

वीर अस्पतालको ICU मा रहेका मिलनको उपचारका लागि अपिल

पञ्चापुरी नगरपालिका वार्ड नं १० सुर्खेत घर भएका २७ वर्षीय मिलन बहादुर माझिको अर्थिक स्थिति एकदमै कमजोर भएकोले उनको उपचारका लागि आर्थीक सहयोग अपिल गरीएको छ ।

काठमाडौंको वीर अस्पतालको ICU काे ४१४ नंबर बेड मा पछिल्लो ९ दिन देखि उपचाररत छन् ।

२७ वर्षका माझी भारतको सूरतमा दिनको ५०० ज्यालामा लेबरी गरेर विरामी आमाको उपचारका साथै ,श्रीमती , र दुइटा बाल बच्चा पालिरहेका थिए । पछिल्लो १ महिना देखि उनी आफै अस्पतालको ICU  मा छन् । उनका आफन्त ले उपचारको सहयोगको लागि अपिल गरिरहेका छन् ।

घरको आर्थिक स्थिति एकदमै कमजोर भएका उनी परिवार पाल्न क्षिमेकी देश भारतमा ५०० रुपैयाँ दिन ध्याडि मा काम गर्ने गर्थे । यक दिन कुवा सफा गर्ने क्रममा उनलाई कुवा सफा गर्ने केमिकल सँगै करेन्ट पनि लागेको हुँदा उनी यो अबस्थामा पुगेको उनका आफन्त मदन भण्डारी बताउँछन् ।

बिरामीका भिनाजु मदन भण्डारीका अनुसार ,मिलनलाई लगभग १९ दिन भारतको सुरतमा उपचार गराई त्यहाँ खर्च धान्न नसक्ने अवस्था भएपछि नेपालमा सस्तो होला भनेर  ल्याइएको हो । उनलाई केहीदिन समिट हस्पिटलमा राखियो र पछी बिरमा ल्याएको थियो । सब्बै खर्च जोड्दा लगभग १४/१५  लाख खर्च भइसकेको उनी बताउँछन् ।

दिनकै १५ देखि २५ हजार सम्मको औषधि दिन पर्छ पैसाको अभाव भएको र आफन्त बाट सरसापट मिल्ने जति ली सकेकाले अब कतै बाट पनि ऋण समेत नपाइने भइयो केही बेचेर उपचार गर्ने जस्तो घर जग्गा पनि छैन भन्दै उनले मिलनको उपचारका लागि सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा सहयोगको अपिल गरिरहेका छन् ।

सहयाेगी मनहरुका लागि
विरामी कुरुवा ( बिरामीका भिनाजु ) _ मदन भण्डारी
    फोन नं _ 9868105424
Ac _ 0470947802400010
        Susila majhi
         माछापुछ्रे बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?