काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएले अब देखि प्रश्नपत्र पनि दुवै भाषामा आउने निर्णय गरेको हो ।
सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी गरेको छ ।
त्रिविले आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको हो । यसअघि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र अंग्रेजीमा मात्र निकाल्ने गरेको थियो । अंग्रेजीमा प्रश्न हुँदा परीक्षामा विद्यार्थी अन्योल हुने गरेको व्यापक गुनासोपछि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिविलाई स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउन निर्देशन दिएका थिए ।