ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गर्ने ५ जना पक्राउ

काठमाडौं। ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा ५ जना पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार,पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने,‘मुख्य आरोपी गुरुङलाई पोखराबाट फेला गरिरहेका थियौं, थानकोटबाट नियन्त्रणमा लियौं । तीन जनालाई पहिल्यै समातिसकेका थियौं ।’

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर,पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’,कार्कीले भने,‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?