५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गर्ने ५ जना पक्राउ

काठमाडौं। ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा ५ जना पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार,पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने,‘मुख्य आरोपी गुरुङलाई पोखराबाट फेला गरिरहेका थियौं, थानकोटबाट नियन्त्रणमा लियौं । तीन जनालाई पहिल्यै समातिसकेका थियौं ।’

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर,पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’,कार्कीले भने,‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?