बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन

मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका रविन्द्र त्यही फ्ल्याटमा मृत फेला परेका हुन् । ७७ वर्षका उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे ।

घरबाट दुर्गन्ध आएपछि मात्र छिमेकीले प्रहरीलाई खबर गरे पछी प्रहरी घटनास्थलमा पुगेर फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा रहेको भेटिएका थिए । रवीन्द्रको मृत्यु दुई-तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार रविन्द्र महाजनी मुम्बईका बासिन्दा थिए । उनी करिब ८ वर्षदेखि तलेगाउँ दाभाडेको अम्बीस्थित जरबिया सोसाइटीमा भाडाको अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । शुक्रबार साँझ करिब ४ः३० बजे अपार्टमेन्टबाट दुर्गन्ध आए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तलेगाउँ एमआईडीसी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर अपार्टमेन्ट भित्रबाट ताला लगाएको फेला पारेको थियो । स्थानीय बासिन्दाको उपस्थितिमा प्रहरीले ढोका तोडेर भित्र रविन्द्रको शव फेला पारेको थियो ।

रविन्द्र महाजनी अभिनेता गश्मिर महाजनीका पिता थिए । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए । उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए ।

अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे। यस बाहेक उनले मुम्बई चा फौजदार  झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म  ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो ।  सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?