किष्ट मेडिकल कलेजले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको भन्दै आयोगले गर्यो एक सूचना जारी

काठमाडौं।आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको एमबीबीएस लगायतका स्नातक तहको शैक्षिक कार्यक्रमका लागि नियम अनुसार विद्यार्थीको म्याचिङ अनुसार कलेजहरुमा भर्नाको काम पनि सकिसकेको छ।

तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।

सूचना अनुसार भर्नाको अवधि समाप्त भएपश्चात समेत केही मेडिकल कलेजहरुले आफूखुसी विद्यार्थी भर्ना गरेको सूचना आइरहेकाले गैरकानूनीरुपमा भर्ना गरेको पाइएमा उक्त भर्ना आधिकारिक नहुने र त्यस्तो कार्य गर्ने गराउने उपर कानून अनुसार कारबाही हुने उल्लेख छ।

आयोगमा परेको उजुरीका आधारमा किष्ट मेडिकल कलेजले आयोगको नियमविपरित आफूखसी दुई जना विद्यार्थी भर्ना गरेको छ। यस्तै अन्य कलेजले पनि आयोगको म्याचिङ नतीजाविपरित विद्यार्थी भर्ना गरेको हुन सक्ने विषयमा आयोगमा उजुरी परेको छ। आयोगले उक्त उजुरीपछि सबै कलेजहरुलाई लक्षित गर्दै सार्वजनिक सूचना जारी गरेको छ।

हेरौं सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?