नेवार समुदायमा आज घरशान्तिको कामना गर्दै

काठमाडौं। नेवार समुदायमा आज घरशान्तिको कामना गर्दै गठामुंग (घन्टाकर्ण) राक्षस धपाउने पर्व मनाइने गरेको छ।संस्कृति र रीतिरिवाजमा समृद्ध घन्टाकर्ण राक्षसलाई धपाएपछि परिवारमा सुखसयल, दीर्घजीवन पाइने प्रचलन रहिआएको छ।

चन्द्रमासअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन सम्पुर्ण नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । यस पर्वमा घन्टाकर्ण राक्षसको पुत्ला बनाएर जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ ।

भूतप्रेतको पूजा पनि गरी बेलुका घन्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घन्टाकर्णलाई सेलाएपछि घरको दैलोमा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ।

यो पर्वमा नेवार समुदायले घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भूत पन्छाउने कार्य) गर्ने संस्कृतिविद् गणेशराम लाछी बताउँछन्। काँचो माटोको सानो दहीको कतारोमा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलन छ।

साँझपख घर घरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर घरको परिक्रमा गराई छ्वासे (मरेको मानिस कपडा फाल्ने ठाउँ) मा लगेर सेलाउने चलन रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?