१९ कार्तिक २०८१, सोमवार
१९ कार्तिक २०८१, सोमवार

व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति दिन माग

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उक्त माग राखिएको हो ।

यसअघिको निर्देशनमा महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाइएको निर्णयमा पुनर्विचार गर्न सुझाव दिँदै मन्त्री भण्डारीले भने ,“समितिबाट वैदेशिक रोजगारमा महिला कामदारका विषयमा ठोस् निर्णय र अवधारणा आओस् । अहिले पनि पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनीरूपमा हजारौँ महिला रोजगारीका लागि विदेश गइरहेको अवस्था छ, त्यसलाई रोक्न वैधानिक र व्यवस्थित गरी सरल र सहज बाटो बनाउन आवश्यक छ ।”

अवैधानिकरूपमा जाने कामदारले वैदेशिक रोजगार र राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित हुने मात्र नभई कामदारको अवस्थाबारे जानकारी प्राप्त गर्न कठिनाइ हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समितिको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

संयुक्त अरब इमिरेट्स (युएई), कुवेतलगात खाडीका मुलुकमा करिब २० हजारभन्दा बढी महिला श्रमिक रहेको सूचना प्राप्त भएको जनाउँदै उहाँले महिला कामदारलाई वैदेशिक रोजगारीमा जान सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

विगतमा वैदेशिक रोजगारमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका धेरै घटना सार्वजनिक भएसँगै समितिले महिला श्रमिकलाई घरेलु कामदारमा पठाउन रोक लगाएको थियो ।

बेलायतमा नेपाली नर्स पठाउनेसम्बन्धी छनोटलाई व्यवस्थित र प्रभावकारीरूपमा अघि बढाउने समझदारीको कार्यान्वयनको ढाँचा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिँदै उहाँले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा सीपयुक्त जनशक्तिलाई रोजगारीको अवसर खोज्दै जाने नीति लिइएको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपाली नागरिकले वैदेशिक रोजगारीका क्रमममा आर्जन गरेको सीप, प्रविधि, ज्ञान र पुँजीको उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जनाका लागि पुनः एकीकरणसम्बन्धी निर्देशिका जारी भई कार्यान्वयनमा रहेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षमा दुई सय २० स्थानीय तहमा करिब १५ हजारलाई कार्यस्थलमा आधारित सीप विकास तथा जीवनोपयोगी तालिम प्रदान गर्ने नीति अघि सारेको छ ।

यही असार २१ गतेसम्म वैदेशिक रोजगारीका लागि सात लाख ५१ हजार दुई सय ६३ जनालाई श्रम स्वीकृति प्रदान गरिएकामा त्यसमध्ये छ लाख ८२ हजार दुई सय छ पुरुष र ६९ हजार ५७ महिला छन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा सहजीकरण सात सय ५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि सदस्यहरूले पहुँचवाला व्यक्तिलाई मात्र ‘फ्रि भिसा, फ्रि टिकट’ उपलब्ध गराइएको भन्नेबारे जिज्ञासा माग गर्दै वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर उनीहरूले प्राप्त गरेको सीप प्रयोग गरी कृषि उत्पादनमा लगाउन सुझाव दिनुभएको थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?