बाग्लुङका दुई वटा विद्यालय पहिरोको जोखिममा

बागलुङ । बागलुङमा दुई वटा विद्यालय पहिरोको जोखिममा परेको छन् । केही दिनदेखि परेको अविरल वर्षाको कारण उक्त विद्यालय जोखिममा परेका हुन् ।

जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दाँग स्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।

पहिरोले देउराली प्राविको भवनको जगनै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवननै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।

थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेका अनुसार पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवनहरु जोखिममा परेका छन् । विद्यालय पहिरोका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उनले बताए । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कति बेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?