यात्रुवाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु

मुम्बई । यात्रुवाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु भएको छ । मुंबई-नागपुर एक्सप्रेस वे भएर नागपुरबाट पुणे जाँदै गरेको एक प्राइवेट बसमा शनिबार अचानक आगो लाग्दा २५ जनाको मृत्यु भएको हो।

आगो भिषण रुपमा सल्किएकोले बसमा सवार धेरै यात्रुको ज्यान गएको महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेले बताएका छन्।

बसमा ३२ जना यात्रु सवार थिए। घटना हुँदा धेरै यात्रु निदाइरहेको र सोही अवस्थामा जलेर कतिपयको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा सवार ८ जना यात्रु भने बच्न सफल भएका छन्।
गुडिरहेको बसको टायर अचानक पड्किएपछि बस एक खम्बामा गएर ठोक्किएको थियो। त्यसपछि पुलमा गएर बज्रिएको थियो। यसरी ठक्कर खाँदा बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ।

घटनापछि कतिपय यात्रु बसको सिसा फुटाएर बाहिर निस्किएको एपी कडासनेले बताए। मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन।
दुर्घटनामा घाइते भएकाहरुको बुलढाणास्थित सिभिल अस्पतालमा भइरहेको डीएसपी बाबुराव महामुनिले जानकारी दिए।

– बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?