नेपाल समूह एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को सेमिफाइनलमा प्रवेश

काठमाडौं ।समूह‘ए’बाट नेपाल र मलेशिया तथा समूह‘बी’बाट हङकङ र सिंगापुर सेमिफाइनलमा पुगेका छन्। अब नेपालले फाइनल प्रवेशका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह विजेता बन्दै एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली मलेशियालाई ८४ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेशिया ३०.५ ओभरमा ९९ रनमै समेटियो।

मलेशियाका लागि मोहम्मद हरिलले २५,मोहम्मद आलिफले १५, मोहम्मद अक्रमले १२ र अरीन अकीलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन् ।

नेपालका लागि अशोक धामीले चार,अभिषेक तिवारीले तीन, सन्तोष यादवले दुई र क्रितिक कामतले एक विकेट लिए । नेपालका लागि अर्धशतकसँगै चार विकेट लिएका धामी प्लेयर अफ द म्याच भए।

यसअघि नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो। नेपालका लागि अशोक धामीले ५२, सुर्यान्शु कोइराला र नरेनले २९-२९ तथा क्रितिक कामतले १६ र दिपु कुमारले १५ रन बनाएका थिए ।

मलेशियाका लागि हजिक हैकल,मोहम्मद अक्रम,अरीन अकील र मोहम्मद मुक्रीले दुई-दुई तथा मोहम्मद फत्रीले एक विकेट लिएका थिए ।

यो जितसँगै नेपाल चार अङ्क जोडेर समूह विजेता बनेको छ। यसअघि थाइल्यान्डलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?