१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

शिक्षा अधिकृतमाथि वडा अध्यक्षले गरे हातपात

स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष सुनिल वलीलाई फेरि कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ। दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा कार्यरत वडाध्यक्ष सुनिल बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोप लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् ।

खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए ।

वडाध्यक्षले सोही कुरामा विवाद झिकी आफैंले फाइल बोकेर प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा प्रवेश गरेका थिए।

शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कविर्तक भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्। त्यसपछि वडाध्यक्ष वलीले सामुन्ने अगाडि बसेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्।

घटनाबारे जानकारी लिन खोज्दा वडाध्यक्ष वलीको मोबाइलमा सम्पर्क हुन सकेन।

गत फागुन महिनामा मात्रै वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए।

उनले कुर्सी उठाएर दुबै जनालाई त्यसैले हान्न खोजेका थिए। त्यसको विरोधमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिए पनि फेरि त्यस्तो कार्य नदोहोर्‍याउने सर्तमा कुरा मिलेको थियो।

सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?