पूर्वगृहमन्त्री खाँणको थुनछेक बहस सुरू

काठमाडौं, ३० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन खाँणका वकिलहरुले बहस सुरु गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये खाँणसहित ६ जनाको प्रतिरक्षा बहस बाँकी नै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा थुनछेक बहस भइरहेको छ ।

भर्खरे सुरु भएको प्रतिरक्षा बहसका लागि खाँणको पक्षबाट पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती,वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,महादेव यादव लगायतले बहस गर्नेछन् ।

आजसम्म प्रतिरक्षा बहस सकेर भोलि फैसला सुनाउने तयारी न्यायाधीश न्यौपोको रहेको छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री खाँणसहित,पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्व सांसद आङटावा शेर्पा,नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया लगायत १८ जना प्रहरीको हिरासतमा छन् भने अझै एक दर्जन भन्दा बढि फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?