भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने

काठमाडौं। भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ। नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले आज विज्ञप्ति मार्फत जनाएको छ।

‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ आज भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा हुनुहुन्छ।

त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको भारतीय दूतावासको भनाइ छ।

‘दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवं अध्ययन गर्न निर्देशन पनि दिनुभयो’ दूताबासले विज्ञप्तिमा भनेको छ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?