कञ्चनपुर । कञ्चनपुरको भृकुटी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्र आग्री चयन भएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको भृकुटी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आग्री चयन भएका हुन ।
अभिभावक भेलाबाट अध्यक्षमा आग्री सर्वसम्मत चयन भएका छन । काँग्रेस, माओवादी हुँदै एमालेमा रहेका युवा नेता आग्रीले तीनै पार्टीको अनुभव लिएका छन । उनले विद्यालयको बृद्धि विकासका लागि काम गर्ने प्रण गरेका छन । – जनसरोकारपोस्ट














