१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता प्रहरी नियन्त्रणमा

सिन्धुली, जेठ ६ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन ।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ ।

२०७४ सालको असोज महिनामा देउ बहादुर गुरुङबाट ३० लाख रकम लिएको, २०७४ सालमै सरिता गुरुङलाई आफुसँग गाडी रहेको र गाडी विक्रीमा भएको बताउँदै बैंकको ऋण तिरेपछि गाडी आफ्नो नाममा हुने भन्दै गाडी किन्न पैसा दिने भन्दै २० लाख नगद लिएर फरार रहेको आरोपमा उजुरी परेको प्रहरी उपरिक्षक सिताराम रिजालले विज्ञप्ती मार्फत जनाएका छन ।

गुरुङ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नं १ का सशक्त दावेदार हुन । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?