राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा माननीय
महावीर पुनको भेरिफाइड फेसबुक पेजबाट शनिबार अचानक असम्बन्धित अङ्ग्रेजी भिडिओ शेयर भएको छ। अस्वाभाविक पोस्ट देखेपछि प्रयोगकर्ताले अकाउन्ट ह्याक भएको आशंका गरेका थिए। यसबारे पुनले आफूले त्यस्तो भिडिओ शेयर नगरेको र अकाउन्ट ह्याक भएको हुन सक्ने बताउनुभयो। केही समयपछि उक्त पोस्ट हटाइएको थियो। हाल आफ्नो आधिकारिक पेजबाट कसरी यस्तो गतिविधि भयो भन्ने विषयमा प्राविधिक रूपमा बुझ्ने प्रयास भइरहेको जानकारी पुनले दिनुभएको छ।
महावीर पुनको फेसबुक पेजमा समस्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














