राष्ट्रपति पौडेल, कार्की र सेनाप्रमुख सिग्देलबीच वार्ता जारी

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच बिहीबार राति छलफल भइरहेको छ।

उनीहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।

बिहीबार राति वा शुक्रबारसम्म नयाँ सरकार गठन गर्नुपर्ने दबाबबीच राष्ट्रपतिले सेनाप्रमुख र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल गरिरहेका हुन्।

पूर्वप्रधान न्यायाधीश कार्कीलाई जेनजीहरूको ठूलो संख्याले अन्तरिम प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।

तर संविधानभित्रैबाट उनलाई अन्तरिम प्रधानमन्त्री बनाउन सम्भव नरहेको वर्तमान अवस्थामा संविधानविद् र विज्ञहरूसमेत परामर्श गरिएको बुझिएको छ।

राष्ट्रपति पौडेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी संविधानकै दायरामा रही समाधान खोज्न प्रयत्नशील रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?