२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

सिविल सर्विस अस्पतालमा सुत्केरी र नवजातको मृत्यु : लास बुझ्न प्रशासनको धम्की

काठमाडौं — दैलेखकी ३० वर्षीया लक्ष्मी नेपाली सुत्केरी हुन काठमाडौंको सिविल सर्विस अस्पतालमा पुगिन्, तर त्यही अस्पतालबाट उनको शव बाहिरियो। केही दिनमै जन्मिएको नवजात शिशुको पनि मृत्यु भयो। पीडित परिवारको आरोप छ — यो ‘प्राकृतिक दुर्घटना’ होइन, यो ‘लापरबाहीको परिणाम’ हो, र अस्पतालले जबर्जस्ती प्रहरी र स्थानीय प्रशासन लगाई धम्कीपूर्ण शैलीमा घटनालाई ‘थिचथाच’ गर्ने रिपोर्ट र लास बुझ्न दबाब दिइरहेका छन् ।

पूर्वतयारी र ‘अचानक’ मिति परिवर्तन

लक्ष्मी गर्भावस्थाभर यही अस्पतालमा नियमित जाँचमा थिइन्। रिपोर्टहरू सामान्य थिए, स्वास्थ्य एकदमै ठीक थियो। प्रारम्भमा अस्पतालले असार १७ गते प्रसूतिको मिति तोकेको थियो, तर असार ९ गते नै बोलाइयो। परिवारलाई तत्काल कारण बताइएन।

दीपक नेपाली, मृतकका श्रीमान भन्छन्

“ श्रीमतीलाई व्यथा लागेको थिएन। बिहान ९ बजे हिँडेर गएकी थिइन्। ३ बजे मात्र भर्ना गरियो। त्यसपछि व्यथा नलाग्दा पनि औषधि दिएर जबरजस्ती प्रसव गराइयो।”

जसरी ‘नर्मल डेलिभरी’ गराइयो

दीपकका अनुसार, उनले अपरेशनको सुझाव दिए पनि डाक्टरले अस्वीकार गरे । “अवस्था ठीक छ, सजिलै नर्मल डेलिभरी हुन्छ” भन्ने आश्वासन दिइयो। बच्चा जन्मियो, तर तत्कालै आमाको अवस्था बिग्रियो ।

अस्पतालको मेडिकल रिपोर्ट भन्छ — बच्चा जन्मिएपछि लक्ष्मीलाई Post Partum Hemorrhage (PPH) अर्थात् अत्यधिक रक्तस्राव भयो। विभिन्न औषधि र रक्त चढाइए पनि अवस्था नियन्त्रणमा आएन। असर १० गते बिहान १०:१० बजे गर्भाशय निकाल्ने शल्यक्रिया (Peripartum Hysterectomy) गरियो, तर रक्तस्राव रोकिएन। दिउँसो ४:४५ बजे मुटुको धड्कन कम भएपछि CPR सुरु गरियो। चार चक्रसम्म प्रयास गरिए पनि लक्ष्मीलाई बचाउन सकिएन।

नवजातको पनि मृत्यु

दीपकको दाबी अनुसार, नवजातलाई पनि जन्मेपछि कृत्रिम सास दिइयो, तर अस्पतालले घटनालाई ढाकछोप गर्न खोज्यो। केही दिनमै शिशुको मृत्यु भएको घोषणा गरियो ।

> “हामीले डेलिभरीमा खटिएको टिममाथि कारबाही माग्यौं, तर अस्पतालले छानबिन गर्नै मानेन । बरु प्रहरी, डिएसपी, स्थानीय सरकारमार्फत धम्की दियो कि लास नबुझी नहुने भनेर,” दीपक भन्छन् ।

लक्ष्मीको मृत्यु चिकित्सा त्रुटिको परिणाम हो कि दुर्भाग्यपूर्ण घटना ?
यदि त्रुटि हो भने — किन समयमै अपरेशन भएन ? किन प्रसूतिको मिति अचानक बदलियो ? किन नवजातको मृत्युबारे पारदर्शिता भएन ? अनि — किन प्रहरी र स्थानीय प्रशासन पीडितलाई धम्की दिन पुगे ?
भन्ने कुराको जवाफ माग्दा अस्पाताल प्रशासनको टोली मौन बसेको छ ।
भने पीडित परिवारले सम्पूर्ण संलग्न चिकित्सक हरुको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?