२६ देखि हुन गइरहेको गाईजात्रा तथा रोपाईँजात्राको भव्य तयारी

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा यही साउन २६ गतेदेखि भव्य रूपमा गाईजात्रा तथा रोपाईँजात्रा पर्व मनाउने तयारी गरिएको छ। यस सम्बन्धमा आज पत्रकार सम्मेलन गरी आयोजक समितिले कार्यक्रमको सम्पूर्ण विवरण सार्वजनिक गरेको हो।

नेपालको विविध धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित “हाम्रो मौलिक कला र सांस्कृतिक हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। गाईजात्रा तथा रोपाईँजात्रालाई ऐतिहासिक, सांस्कृतिक र धार्मिक सन्दर्भमा महत्वपूर्ण पर्वको रूपमा चिनिँदै आएको छ। विशेष गरी तामाङ समुदायमा यो पर्वको छुट्टै महत्व छ।

कार्यक्रम अन्तर्गत विभिन्न जातीय तथा सांस्कृतिक झाँकी, पारम्परिक पोशाकमा सजिएका युवा–युवती, बालबालिका, बाउसे, व्यङ्ग्य प्रस्तुति लगायत १२ विधामा प्रस्तुति रहनेछ । विद्यालयहरूबाट समेत सांस्कृतिक प्रस्तुति गरिनेछ ।

कार्यक्रमका विजेताहरूलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यो कार्यक्रम बौद्ध तामाङ कल्याण गुठीको संयोजनमा गठित मूल समारोह समिति २०८२ ले आयोजना गर्दैछ। पत्रकार सम्मेलनमा बोल्दै आयोजकहरूले मौलिक पर्वहरूलाई संरक्षण गर्दै पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?