प्रहरीकै संलग्नतामा करणी र शारीरिक बन्धक आरोप, पीडितको उजुरी दर्तामा आनाकानी

कालिकोट । प्रहरीकै जवानबाट एक महिलामाथि शारीरिक बन्धक बनाई करणी गरिएको गम्भीर आरोप लागेपछि पीडितले उजुरी दर्ता गर्न खोज्दा सम्बन्धित प्रहरी कार्यालयहरूले सहयोग गर्न आनाकानी गरेका छन्।

बाजुरा घर भई काठमाडौं उपत्यकामा कार्यरत प्रहरी जवान मानबहादुर विकले कालिकोट शान्नी त्रिवेणी गाउँपालिकाकी एक विवाहित महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारी सम्बन्ध स्थापना गरेका थिए। पछि जब महिलाले उजुरी दर्ता गर्न खोजिन्, त्यसपछि घटनाले जटिल मोड लिएको हो।

पीडित महिलाका अनुसार प्रहरी जवान विकले काठमाडौंबाट फर्कने क्रममा उनलाई नागढुंगाबाट नियन्त्रणमा लिएर आफ्नो कोठामा लगेर बेहोस बनाएर यातना दिएका थिए। यस क्रममा उनलाई मुद्धा नदिन धम्कीसमेत दिइएको आरोप छ।

उक्त घटनापछि महिलाका भाई विपिन काठमाडौं पुगेर उजुरी दर्ता गर्न सघाउन प्रहरी परिषद कार्यालय, ललितपुर पुगेका थिए। तर, उजुरी दर्ता गर्न नमानेको मात्र होइन, उल्टै भाइ विपिनलाई प्रहरी हिरासतमा राखिएको जानकारी बाहिर आएको छ।

पीडित पक्षको सहयोगमा पुगेका पत्रकार कर्ण विश्वकर्माले पनि प्रहरीद्वारा हनी ट्रयापको आरोप लगाउँदै घटनालाई मोड्ने प्रयास भइरहेको बताए । “हामीमाथि उल्टै मुद्दा लगाउने तयारी भइरहेको छ,” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?