काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग अब कुनै राजनीतिक सम्झौता नहुने स्पष्ट रूपमा बताएका छन्।
कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँग बालुवाटारमा भएको छलफलमा ओलीले भण्डारीलाई आफूले दुईपटक राष्ट्रपति बनाएको स्मरण गराउँदै अब पार्टीको निर्णयविपरीत कुनै समझदारी सम्भव नरहेको बताए।
“विद्या भण्डारीलाई मैले राष्ट्रपति बनाएको हो, तर अब उहाँसँग कुनै सम्झौता हुँदैन,”ओलीको भनाइ उद्धृत गर्दै सहभागी नेताहरूले बताएका छन्।
ओलीले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नपाइने सर्तमा जिम्मेवारी दिएको र अब त्यो निर्णय कायम रहने प्रस्ट पारे। साथै, उनले भण्डारीमाथि कुनै अन्याय नभएको दाबी गर्दै पार्टी एकताको पक्षमा उभिन निर्देशन दिएका छन्।



