सुर्यविनायक वडा नं ७ मा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४६४ जनाले सेवा लिए

भक्तपुर । वीर अस्पतालको १३६औँ स्थापना दिवसको अवसरमा सुर्यविनायक नगरपालिका–७, गुण्डूमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका वडा नं ७ को समन्वयमा आयोजित उक्त शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका १,४६४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा वीर अस्पतालका ५० जना विशेषज्ञ चिकित्सक तथा १२५ जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्य परीक्षणका क्रममा २६ प्रकारका रोगहरुको परीक्षण गरिएको र सेवाग्राहीले बहुविध सेवा लिँदा गरेर कुल ४,५३१ वटा परीक्षण सेवा प्रदान गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो।

बृहत् स्वास्थ्य शिविरको निरीक्षण पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव सुशील बस्नेत लगायतका नेताहरुले गर्नु भएको थियो। शिविरमा सामुदायिक सेवा केन्द्र कटुन्जेका अध्यक्ष सन्तोष ढुंगेल तथा सामुदायिक प्रहरीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वास्थ्य शिविरको व्यवस्थापनमा विशेष योगदान पु-याएको भन्दै आयोजकहरूले हिमाल एकेडेमीलाई कदरपत्र प्रदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?