२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सत्ता छाड्दै भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।

त्यसयता शेख हसिनालाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलोपटक हो। मुद्दाका अर्का प्रतिवादी शकिल अकन्द बुलबुललाई भने दुई महिनाको जेल सजाय सुनाइएको छ। यसअघि मुख्य अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए। सामाजिक सञ्जालमा एउटा अडिओ भाइरल भएको थियो। जसमा हसिनाले यसो भनिरहेको सुनिएको थियो, ‘मेराविरुद्ध २२७ मुद्दा दर्ता भएका छन्, जसको अर्थ मसँग २२७ जनालाई मार्ने इजाजतपत्र छ।’ मुख्य अभियोजकले त्यो आवाज एआईको नभएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?