पुन: बिज एजुकेशनका ब्रान्ड एम्बेसडरमा जितु नेपाल

भक्तपुर । चर्चित हास्य कलाकार तथा बहुप्रतिभाशाली व्यक्तित्व जितु नेपाल पुनः बिज एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर घोषित भएका छन्। आर्थिक वर्ष २०८२/८३ का लागि उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको कन्सल्टेन्सीले जानकारी दिएको छ।

भक्तपुरको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् हस्पिटालिटीमा बुधबार आयोजित एक औपचारिक कार्यक्रममा जितु नेपालले एमओयूमा हस्ताक्षर गर्दै आफ्नो जिम्मेवारी पुनः ग्रहण गरेका हुन्।

कार्यक्रमका क्रममा बोल्दै नेपालले विदेशी शिक्षाको सपना देख्ने नेपाली विद्यार्थीहरू गलत कन्सल्टेन्सीको चुंगलमा परेर ठगिन थालेको उल्लेख गर्दै, यस्ता परिस्थितिमा पारदर्शिता र जिम्मेवार सेवाको आवश्यकता अझ बढेको बताए। उनले बिज एजुकेशन कन्सल्टेन्सीले सही मार्ग निर्देशन गर्दै महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

बिज एजुकेशन कन्सल्टेन्सी विगत केही वर्षदेखि नेपाली विद्यार्थीहरूलाई बेलायतलगायत विभिन्न देशमा अध्ययनका लागि परामर्श, सूचना तथा मार्गदर्शन प्रदान गर्दै आइरहेको छ। कन्सल्टेन्सीको मुख्य कार्यालय भक्तपुर (गठ्ठाघर) मा रहेको छ भने यसको शाखा पुतलीसडक, अष्ट्रेलिया र युकेमा समेत विस्तार भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?