लाङटाङ ट्रेल रनको उपाधि सोलुखुम्बुका मिलन कुलुङको हातमा

रसुवा | सोलुखुम्बुका मिलन कुलुङले लाङटाङ म्याराथन २०८२ को उपाधि जितेका छन्। रसुवाको क्याँजिनदेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दुरी पार गर्दै कुलुङले उत्कृष्ट प्रदर्शनसहित पहिलो स्थान हात पारेका हुन्।

लाङटाङको पर्यटकीय पदमार्गमा आयोजित म्याराथनमा विशाल राई दोस्रो तथा अर्जुन कुलुङ राई तेस्रो भएका छन्। त्यस्तै, कृष्ण सिंह बोगटी चौथो र गोपाल तामाङ पाँचौं स्थानमा रहे।

महिला तर्फ भने सुनसरी रोकाया पहिलो, लाक्पा निमा शेर्पा दोस्रो र निर्मला राई तेस्रो स्थानमा रहेकी छन्। चौथो आङपुर्बा शेर्पा र पाँचौं प्रिया राई भएका छन्। प्रतियोगिताका नतिजाबारे रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिएका हुन्।

पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको उद्देश्यले आयोजित यस प्रतियोगिता लाङटाङ ट्रेल रनको रुपमा सम्पन्न गरिएको हो। प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६७ जनाको सहभागिता रहेको आयोजक संस्था रसुवा-नुवाकोट पर्यटन समाजले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः एक लाख, पचहत्तर हजार र पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै चौथो र पाँचौं हुनेले क्रमशः पच्चिस हजार र पन्ध्र हजार रुपैयाँ पुरस्कार पाएका छन्। महिला र पुरुष दुवै तर्फ समान पुरस्कारको व्यवस्था गरिएको थियो।

प्रतियोगिता अवधिभर लुम्बिनी संचार प्रतिष्ठानले मिडिया कभरेज गरेको थियो। साथै, क्याँजिन गुम्बा, लाङटाङ भ्याली, थानसेप, रिभरसाइड, लामाहोटेल, रिम्चे, ब्याम्बु, पहिरो गाउँ हुँदै स्याफ्रुबेसीसम्म प्रतियोगिता अनुगमन गरिएको संयोजक गगन नेउपाने र ऊर्जा तामाङले जानकारी दिएका छन् ।

लाङटाङ पदमार्गको पर्यटकीय सम्भावनालाई उजागर गर्न र खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो म्याराथनले स्थानिय पर्यटन क्षेत्रमा उत्साह जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?