काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
नेपालको इतिहासमा पहिलोपटक मन्त्रिपरिषद्को निर्णय र पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चलेको हो । भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।