राजावादीले भोली उपत्यका बन्द गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत राजावादी समूहले भोली जेठ १९ गते काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको दमनकारी व्यवहारको विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको जनाउँदै उपत्यका बन्दको आह्वान गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “सरकारको बर्बर दमनको विरोधमा हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसैअनुसार जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छौँ ।” सुवेदीले आन्दोलनमा सहभागी सबैलाई आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

आइतबार काठमाडौंको नारायणचौर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, सांसद दीपकबहादुर सिंहसहित सात जना नेता–कार्यकर्तालाई पक्राउ गरेको राजावादी समूहले जनाएको छ । समूहले प्रहरीको यो कार्यलाई अमानवीय र संविधानविपरीत भएको भन्दै कडा निन्दा गरेको छ ।

“शान्तिपूर्ण आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेकोप्रति हामी घोर आपत्ति प्रकट गर्छौँ,” सुवेदीको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले पनि प्रहरीको उक्त हस्तक्षेपलाई अलोकतान्त्रिक र सर्वसत्तावादी प्रवृत्तिको प्रदर्शन भएको ठहर गर्दै पक्राउ परेका सबै नेता–कार्यकर्तालाई तत्काल र बिना सर्त रिहा गर्न माग गरेको छ । माग सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने राप्रपाले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?